कोलकाता: राजधानी कोलकातामा नगर निगमको तर्फबाट पार्किङ फी दोबर गरिएकोमा मेयर फिरहाद हकीमलाई मुख्यमन्त्री ममता ब्यानर्जीको आलोचना झेलेपछि विभागीय मेनेजरमाथि कारबाही गरिएको छ। उनलाई पदबाट हटाएर अन्य डिपार्टमेन्टमा पठाइएको छ। यस सम्बन्धमा कोलकाता नगर निगमको तर्फबाट मंगलवार अबेर राति एक निर्देशिका जारी भएको छ।
यसमा जानकारी गराइएको छ, पार्किङ विभागका मेनेजर अर्ध्य सिकदरलाई उनको पदबाट हटाएर सोशल सेक्टर विभागमा ट्रान्सफर गरिएको छ। यसो कुन कारणले गरिएको हो, यो बताइएको छैन। यद्यपि, हालमा जुन पार्किङ फीमा वृद्धि गरिनुलाई लिएर विवाद खड़ा भएको थियो, त्यो उनकै सुझाउ र निर्देशमा गरिएको थियो। यसबाट स्पष्ट मानिन्दैछ कि उनलाई यसको सजाय दिइएको हो। उनले पार्किड फी वृधिको सम्बन्धमा उच्चाधिकारीहरूलाई उचित जानकारी नदिएको आरोप छ। यद्यपि, यसलाई लिएर विपक्षले मेयरमाथि आफ्नो जिम्मेवारी अधिकारीहरूमाथि हालेको आरोप लगाएको छ। भाजपा पार्षद सजल घोषले भनेका छन्, कोलकातामा दोबरभन्दा पनि अधिक पार्किङ फीको निर्णय मेयर फिराद हकीम स्वयंले मेयर परिषदहरूको बैठकमा लिएका थिए। अब आफ्नो भूललाई मेनेजरमाथि हालेर त्यसलाई ढाक्ने प्रयास भईरहेछ। यद्यपि, नगर निगमका एक वरिष्ठ अधिकारीको भनाई छ, विभागीय मेनेजरको ट्रान्सफर एक रूटीन प्रक्रिया हो। यसको कनै फसेलासित कुनै सरोकार छैन।