प्रार्थी नवराज छेत्रीको तीनधारेमा चुनाउ कार्यालयको उद्घाटन

IMG_20220611_234318.jpg

खरसाङ: भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाबाट तीनधारे महानदी समष्टिका प्रार्थी नवराज छेत्रीको तीनधारेमा चुनाउ कार्यालयको उद्घाटन गरियो। आज पण्डितद्वारा पूजा अर्चना गरेपछि चुनाउ कार्यालयको उद्घाटन गरिएको थियो। यस अवसरमा प्रार्थी नवराज छेत्रीले सबैलाई धन्यवाद दिँदै यसपालीको जीटीए चुनाउमा आफुलाई पार्टीले टिकट दिएकोले यो चुनौती रहेको र जनताको लागि कार्य गर्नलाई आफु तयार गरेको बताए। तिनले समष्टीका सबै जनतासित आफ्नो पक्षमा क्षेत्रको विकासको लागि मतदान गरेर भारी मतले विजय तुल्याइदिने अपील गरे।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement