दार्जिलिङ: जीटीएका प्रमुख कार्यपाल अनित थापा अनि उपप्रमुख कार्यपाल सञ्चवीर सुब्बाको बाहुलीबाट आज दार्जीलिङको साउथ फिल्ड अर्थात् लोरेटो कलेजको छात्रावासको शिलान्यास गरिएको छ। १ करोड़ ६५ लाख रूपियाँको लागत खर्चमा यो छात्रावास जीटीएद्वारा निर्माण गरिने बताइएको छ। शिलान्यास कार्यक्रममा जीटीए चिफ् अनित थापा, जीटीएको डेपुटी चिफ् सन्चवीर सुब्बा, भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चाको केन्द्रीय महासचिव अमर लामा, पूर्व विधायक अमरसिहं राई, कलेजका प्रिन्सिपल, प्राध्यापक-प्राध्यपिकागण, जीटीएका सभासदहरू, प्रशासनिक अधिकारीहरु उपस्थित थिए। उक्त शिलान्यास कार्यक्रममा भाग लिन आएका जीटीए चिफ् अनित थापालाई साउथ फिल्ड कलेजको तर्फबाट भव्य स्वागत जनाइएको थियो। उक्त शिलान्यास कार्यक्रम विषयमा पत्रकारहरूसित कुराकानी गर्दै साउथ फिल्ड कलेजकी प्राचार्य डा. अनुराधा राईले पत्रकारहरूसित कुराकानी गर्दै गर्ल्स होस्टेल निर्माणको लागि साउथ फिल्ड कलेज परिवारको पक्षबाट जीटीए प्रमुख अनित थापाप्रति आभार प्रकट गरेकी छन्।

उनले कलेजका नानीहरू टाड़ा टाड़ाबाट आउने हुनाले पढ्न राम्रो सकिरहेका थिएनन् कारण थाकेर घर पुग्दा पढ्नलाई मन हुँदैन। त्यसैले आज जीटीए चिफ् अनित थापाले हाम्रो नानीहरूका लागि गर्ल्स होस्टेल बनाईदिनु हुने भएकोले हामी खुशी छौं र आभारी पनि छौं भनी बताइन्। प्राचार्च डा अनुराधा राईले जीटीए चिफ् अनित थापाले अहिले 50 जना आट्ने होस्टेलको निर्माण होस् र पछिबाट यसलाई 200 जनासम्म बस्ने पनि बनाईदिने वचन दिएको जानकारी गराएकी छन्।