कालचिनीः कालचिनी खण्डको चिञ्चुला चियाबारीका श्रमिकहरूको पाक्षिक वेतन एक महीना हुन लाग्दा पनि नदिएकोमा बुधबार साँझ कमानको आरएसपी समर्थित ट्रेड यूनियन डीसीबीडब्ल्यूयूका प्रतिनिधिहरूले कमानको कार्यालयमा विक्षोभ प्रदर्शन गऱ्यो।
डीसीबीडब्ल्यूयू नेता उमेश प्रधानले कमानको श्रमिकहरूको पाक्षिक वेतन समयमा दिन्छु भनेको आज महीना पुग्ने बेला पनि कुनै अतोपतो नभएकोले कमानको प्रबन्धक समक्ष सोध्न जाँदा सिनियर म्यानेजर नै अनुपस्थित रहेकोले साँझघरी कमानको कार्यालय घेराउ गरीएको र जबसम्म प्रबन्धनपक्षले वेतनबारे अड़ान खुलासा गर्दैनन तबसम्म अब श्रमिकहरूले असहयोग आन्दोलन गर्ने चेताउनी दिएको यूनियन नेता उमेश प्रधानले जनाएका छन्।









