मेधावी छात्रा पुजा बर्मनलाई आज राजगञ्ज ब्लक प्रशासनले सम्मान

IMG_20220611_234130.png

राजगञ्ज: मेधावी छात्रा पुजा बर्मनलाई आज राजगञ्ज ब्लक प्रशासनले सम्मान गऱ्यो। उच्च शिक्षाको लागि पुजालाई हर सम्भव सहयोग गर्ने तिनीहरूले आश्वासन पनि दिए। आज तिनलाई राजगञ्जका विधायक खगेश्वर राय, जिल्ला प्राथमिक शिक्षा संसदका चेयरम्यान लक्ष्य मोहन राय र राजगञ्जका बीडीओ पंकज कोनार पुजाको घरमा गएर तिनलाई फुलको गुच्छा तथा मिठाई खुवाएर सम्मान जनाएका थिए।
स्मरण रहोस्, राजगञ्ज ब्लकको कुकुरजान ग्राम पञ्चायत अन्तर्गत पर्ने डाङ्गापाड़ा निवासी बबलु बर्मनको छोरी पुजा राजगञ्जको सारियाम यशोधर उच्च विद्यालयकी छात्रा हुन्। पुजाले उच्च माध्यमिक परीक्षामा ४८१ अङ्क प्राप्त गरेकी छन् भने तिनले अघिको पढाई भूगोल विषय लिएर पढ्न चाहन्छिन्। पुजा पुलिस अधिकारी बन्न चाहन्छिन्। पुजाले उच्च माध्यमिकमा ४८१ अङ्क ल्याएको खबर पाएपछि आज राजगञ्ज ब्लक प्रशासनद्वारा गरिब तथा मेधावी छात्रालाई संवर्द्धना जनाइयो। यस अवसरमा राजगञ्जका विधायक खगेश्वर रायले भने, मेरो विधानसभा क्षेत्रको गरिब परिवारको छोरी पुजाले उच्च माध्यमिकमा उत्कृष्ट प्रदर्शन गरेकोले आज तिनलाई संवर्द्धना जनाइएको हो। यसको साथै पुजाको उच्च शिक्षाको लागि हर सम्भव सहयोग गर्ने तिनले बताए। राजगञ्जका बीडीओ पंकज कोनारले आज पुजालाई सम्मान जनाउनको साथै तिनको उच्च शिक्षाको लागि सरकारद्वारा सबै आवश्यक सहयोग प्रदान गरिने तिनले बताए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement