हाम्रो पार्टी, गोजमुमो र भाजपाले गठबन्धन गर्ने
दार्जीलिङ: आगमी दिनमा सम्पन्न हुने पञ्चायत चुनावमा हाम्रो पार्टी, गोजमुमो, भाजपा आदि राजनैतिक दलहरू एकबद्व भएर चुनावी मैदानमा ओर्लिए निर्णय लिएको छ। आज टिस्टा रंगमञ्च भवनमा गठबन्धन दलहरूक एक सर्वदलीय बैठक सम्पन्न भयो। उक्त सभामा हाम्रो पार्टीको पक्षबाट तकलिङ पेशोक समष्टि अध्यक्ष किरण राई, भाजपाको श्रमिक संगठन भारतीय मजदुर संघको राज्य कमिटि सचिव हरि तिमसिना, क्षेत्रीया सभासद सन्नी बम्जन, गोजमुमोको पक्षबाट शरद राई आदि उपस्थित रहेको थियो। आयोजित सभामा धेरै लामो चर्चा परिचर्चापछि आजको सर्वदलीय सभाले आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनावमा गठबन्धन भएर चुनावी मैदानमा ओर्लिने निर्णय लिएको छ।सभापछि हाम्रो पार्टीको तकलिङ पेशोक समष्टिको अध्यक्ष किरण राईले आजको सभामा भाजपा अनि उसको श्रमिक संगठन भारतीय मजदुर संघले आगामी दिनमा सम्पन्न हुने पञ्चायत चुनावमा क्षेत्रीय दलहरूलाई समर्थन जनाउने निर्णय लिएको जानकारी गराएका छन्। स्मरण रहोस् गत केही दिन अघिदेखि नै अब हुने पञ्चायत चुनावमा पहाडको क्षेत्रीय दलहरू गठबन्धन भएर चुनावी मैदानमा ओर्लिने विषयमाथि बैठक एंव सभाहरूको आयोजना गर्दै आईरहेको छ।