सोनादा: भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन पचेङ शाखाद्वारा आज २३औं स्थापना दिवस पालन गरियो। लोअर सोनादा दुईस्थित एसोसिएसनको निजी भवन पचेङमा सम्पन्न भएको कार्यक्रममा भूतपूर्व सैनिक वेलफेयर एसोसिएशनका पदाधिकारीहरू उपस्थित रहेका थिए। कार्यक्रममा गीत, नृत्य लगायत विविध मनोरञ्जनात्मक कार्यक्रमहरू पनि प्रस्तुत गरिएको थियो। कार्यक्रम विषयमा भूतपूर्व सैनिक वेलफेयर एसोसिएसन सोनादा पचेङको अध्यक्ष एलबी राईले पत्रकारहरूसित कुराकानी गर्दै विस्तृत रुपमा जानकारी गराएका छन्।