नक्सलबारी: तृणमूल कङ्ग्रेसको पोस्टर च्यातेर ड्रेनमा फ्याँकिदिएको विपक्षी दलविरुद्ध अभियोग उठेको छ। घटना नक्सलबारी ब्लकको लोअर बाघडुग्राको हरेकृष्णपल्ली इलाकामा भएको हो । आज बिहान तृणमूल कङ्ग्रेसको पोस्टर च्यातेर ड्रेनमा फ्याँकेको देखेपछि इलाकामा उत्तेजनाको माहौल देखापऱ्यो। जिल्ला तृणमूल अल्पसंख्यक समुदायका सभापति मइबुल इस्लाम शेखले बताएअनुसार नीति, आदर्शको लडाईँ गर्नु स्वाभाविक हो तर यसरी अन्य पार्टीको पोस्टरहरू च्यातेर ड्रेनमा फ्याँक्नु उचित होइन। यस घटनाको माध्यमद्वारा विपक्षी दलले विशृङ्खल स्थिति उत्पन्न गरिरहेको तिनले आरोप लगाए। घटनाको खबर पाएर बाघडुग्रा पुलिस घटनास्थलमा आएर परिस्थिति नियन्त्रणमा ल्याएको बताइएको छ।