१८ भैँसी सहित ट्रक जफ्त , एक पक्राउ

32ae5e28-f660-4648-b628-8422dd7356b5

सिलगढी: विधाननगर थाना पुलिसले मुरलीगञ्ज क्षेत्रमा छापा मारेर १८ भैँसीसहित एउटा ट्रक जफ्त गरेको छ। घटनामा एकजना पक्राउ परेका छन् । पुलिसले मुरलीगञ्ज क्षेत्रमा अभियान चलाएर ट्रक नियन्त्रणमा लिएको हो । खोजीका क्रममा त्यहाँबाट १८ वटा भैँसी बरामद भएको थियो ।यस घटनामा पुलिसले मोहम्मद अजमल (३२) नामका एक व्यक्तिलाई पक्राउ गरेको छ । उनी बिहारको पूर्णियाका बासिन्दा हुन्। उक्त ट्रकबाट १८ वटा भैँसी बरामद भएको बिधाननगर पुलिस थाना स्रोतले जनाएको छ । यी भैँसीहरू उत्तर दिनाजपुर जिल्लाको पञ्जीपाडाबाट बंगलादेश तस्करीका लागि आसाम लगिंदै थियो । अभियुक्तलाई बुधबार सिलगढी डिभिजनल अदालतमा पेश गरिएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement