सडक दुर्घटनामा एकजना युवकको मृत्यु

Accident-Rep-Image-3

फाँसीदेवा : सडक दुर्घटनामा एकजना युवकको मृत्यु भएको छ। घटना फाँसीदेवाको घोषपुकुरमा भएको हो। प्राप्त जानकारीअनुसार गत अबेर राति एकजना युवक बाइकमा सवार भएर घोषपुकुरबाट आमबारीतर्फ गइरहेको समय बाइक अनियन्त्रित भएर एउटा लरीलाई पछिल्तिरबाट धक्का दिँदा युवक गम्भीर रुपमा घाइते भए। गम्भीर घाइते अवस्थामा युवकलाई उद्धार गरेर फाँसीदेवा ग्रामीण अस्पतालमा लगे तापनि त्यहीँ नै तिनको मृत्यु भएको बताइएको छ। घटनाको खबर पाएर घोषपुकुर आउटपोस्ट पुलिस घटनास्थलमा पुगेर छानबीन शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement