सोरेङ जिल्लापाल ठटालले गरे विद्यालयको निरीक्षण

IMG-20220611-WA0148.jpg

गान्तोक। सोरेङ जिल्लाका जिल्लापाल भीम ठटालले हिजो मलबाँसे सरकारी निम्न माध्यमिक विद्यालयको निरीक्षण गरे। निरीक्षण गरिनुको प्रमुख लक्ष्य विद्यालयमा देखापरेको पूर्वधारको अभावको समस्या समाधान गरिनु रहेको हो। विद्यालयमा कोठाको कमीले गर्दा विद्यार्थीहरूलाई पढाउनमा केही समस्या देखापरेको गुनासो आएपछि जिल्लापालले यस विषयलाई गम्भीरतापूर्वक लिँदै निरीक्षण गरेका हुन्। जिल्लापालले समग्र शिक्षा अभियान अन्तर्गत विभिन्न प्रकारको योजना सरकारले शुरू गरेको जानकारी गराए। उनले एसएसए अन्तर्गत अनुदान प्राप्त गर्नको निम्ति विद्यालयले योजना अनुसारको मापदण्ड र दिशानिर्देशहरू पालना गर्नुपर्ने बताए। उनले स्कूलका अधिकारीहरूलाई शिक्षकहरूको उचित प्रोफाइल र शिक्षाको अधिकार ऐन अनुसार अनिवार्य योग्यता राख्न कडाईका साथ आग्रह गरे। निरीक्षणका क्रममा विद्यालयमा विद्यार्थी भर्ना तुलनात्मक रूपमा न्यून रहेको देखेपछि उनले आफ्ना बालबालिकालाई सरकारी विद्यालयमा भर्ना गर्दा हुने फाइदाको बारेमा प्रचार -प्रसार गर्न शिक्षकहरुलाई सुझाव दिए। उनले सरकारी विद्यालयका विद्यार्थीले पाउने सुविधालाई मुख्यमन्त्री मेधावी छात्रवृत्ति योजनाबारे अभिभावकवर्गलाई पनि सचेत गराउनु पर्ने विषयमा जोर दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement