विजुली वितरण कम्पनीका मान्यताप्राप्त ठेकेदारहरूद्वारा विरोध प्रदर्शन

cbf51872-0547-4343-a3d9-98325c31be0d

जलपाइगढी: नयाँ नियम अनुसार, बिजुली वितरण कम्पनीद्वारा मान्यताप्राप्त ठेकेदारहरूको काम ठूला कम्पनीहरूको हातमा जाँदैछ। यसको विरोधमा ठेकेदार संगठनले नाराबाजी गर्दै कडा विरोध गरेको छ। पश्चिम बंगाल इलेक्ट्रिकल कन्ट्र्याक्टर एसोसिएशनको जलपाइगढी इकाईले बुधबार जलपाइगढीको विभागीय अधिकारीलाई यस सम्बन्धमा आफ्नो बयान पेश गर्‍यो।यस सन्दर्भमा ठेकेदार संस्थाको तर्फबाट भनिएको छ, हरेक संकटको बेलामा विद्युत सेवा सुचारुरूपमा सञ्चालन गर्न हामी दिनरात खटिरहेका छौं। अर्कोतर्फ विद्युत सेवा सुधारका लागि नयाँ आयोजना आएपछि नयाँ आयोजनाको काम हामीले नपाउने, संस्थाले यो कुरा सहने छैन, हाम्रो ठाउँमा ठूला कम्पनीले यो काम गर्न पाउदैन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement