राज्यपाल गंगा प्रसादले गरे दोस्रो गवर्नर्स कप ब्याटमिण्टन प्रतियोगिताको उद्घाटन

IMG-20220611-WA0147.jpg

गान्तोक। ब्याटमिण्टन एसोसिएशन अफ् सिक्किमको सहयोगमा राज भवन सचिवालयद्वारा आयोजित दोस्रो गवर्नर्स कप ब्याटमिण्टन टुर्नामेण्ट २०२२-को आज राज्यका राज्यपाल गंगा प्रसादले उद्घाटन गरे। यस अवधि गान्तोक नगरनिगमका उप-मेयर छिरिङ पाल्देन भोटिया, राज भवनका सचिव राज यादव, डीआईजी, एसएचओ, आईटीबीपी आरपीएस रघुवंशी, ब्याटमिण्टन एसोसिएशन अफ् सिक्किमका अध्यक्ष सी. जाङ्पो लगायत अन्यको उपस्थिति रहेको थियो।

उद्घाटन कार्यक्रमलाई सम्बोधन गर्दै राज्यपाल गंगा प्रसादले स्वस्थ शरीरले स्वस्थ मानसिकता तयार गर्ने अनि खेलकुदको संलग्नतामार्फत शारीरिक गतिविधि बढ़ाउनुले मानसिक स्वास्थ्यमा सुधार र समग्र स्वास्थ्य र कल्याणमा योगदान पुऱ्याउने बताए। देशमा खेलो भारत अभियानमा सिक्किमले महत्वपूर्ण भूमिका निर्वाह गरेको छ र खेलकुदको क्षेत्रमा उदयीमान प्रतिभाको साथ राज्यको प्रदर्शन प्रशंसनीय रहेको राज्यपाल गंगा प्रसादले बताए। राज्यपाल प्रसादले राज्यका युवाहरूलाई ड्रग्सको कुलतबाट टाढ़ो रहनुपर्ने अपील गरे। स्वस्थ कुराहरूतर्फ ती ऊर्जाहरू खपत गर्नुपर्ने उनले सुझाउ दिए। सबै युवालाई ड्रग्समुक्त स्वस्थ अनि सुखी सिक्किम निर्माणहेतू कटिबद्ध हुनपर्ने आह्वान गरे। राज्यपालले सबै प्रतियोगीहरूलाई शुभकामना दिँदै उनीहरूलाई यस्तो प्रतियोगितामार्फत सबैलाई प्रोत्साहित गर्नुपर्ने कुरामाथि जोर दिए।

राजभवन अनि पाल्जोर स्टेडियममा सम्पन्न हुने दोस्रो गवर्नर्स कपमा ६ वटै जिल्लाबाट पुरुष युगल खुल्ला वर्ग, मिक्स डबल खुला वर्ग अनि मेन्स डबल अफिसर्स अनि पोलिटिकल लिडरहरू गरेर यस चारदिने प्रतियोगितामा २२८ खेलाड़ीले अंशग्रहण गरेका छन्। आजको उद्घाटन कार्यक्रममा मेन्स डबल अफिसर्स अनि पोलिटिकल लिडर्स वर्गमा राज्यका ग्रामीण विकास विभागीय मन्त्री सोनाम लामा अनि उप-मेयर छिरिङ पाल्देन भोटियाले अंशग्रहण गरेका थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement