सिलगढी: राजस्थानबाट भुटान जाँदै गरेको कोइला भरिएको लरी फुलबाडीको अमाइदीघी क्षेत्रमा सडकको छेउमा पल्टिएको छ। दुई दिनअघि यही ठाउँमा प्लाइाउड़ बोकेको लरी दुर्घटनामा परेको थियो। सडक सानो भएकोले बारम्बार दुर्घटना हुने गरेको स्थानीयको गुनासो छ भने यात्रुजनले ज्यान जोखिममा राखेर यस सडकबाट आवतजावत गर्नुपरेको छ। मंगलबार बिहान सिलगढी–जलपाइगढी राष्ट्रिय राजमार्ग अन्तर्गत फुलबाडीको अमाईदिघी क्षेत्रमा कोइलाले भरिएको लरी अनियन्त्रित भई पल्टिएको छ।
घटनामा गाडीका चालक घाइते भएका छन्। सूचना पाएपछि नयाँ जलपाइगढी पुलिस चौकी , सिलगढी महानगरीय पुलिस, फुलबाडी राजमार्ग ट्राफिक पुलिस घटनास्थलमा पुगे। अनुसन्धान भईरहेको छ।
 
								



 
								

 
															 
                     
								 
								 
															 
								 
								




