मंगन। उन्नयन सर्वेक्षण सर्वे २०२२ सम्बन्धी गणनाकर्ताहरुको एकदिने तालिम तथा सचेतना कार्यक्रम आज जिल्ला भवन, मंगनमा सम्पन्न भयो। कार्यक्रममा मंगन जिल्लाका अतिरिक्त जिल्लापाल सोनाम लेप्चा मुख्य अतिथिको रूपमा उपस्थित रहेका थिए। कार्यक्रममा उप-निदेशक रिक्जिङ ग्यात्सो लेप्चा, पञ्चायत अध्यक्षगण अनि सदस्यगण, सर्वेको निम्ति छनौट भएका गणनाकर्ताहरू अनि सम्बन्धित विभागका अधिकारीहरूको उपस्थिति रहेको थियो।
मुख्य अतिथि अतिरिक्त जिल्लापाल सोनाम लेप्चाले उपस्थित सबैलाई जिल्लाको उत्थानमा योगदान पुऱ्याउन आग्रह गर्दै सर्वेक्षण सम्पन्न गर्नुको महत्वबारे प्रकाश पारे। उनले सिक्किम सब्जेक्टर सर्टिफिकेट, डोमिसाइल, सर्टिफिकेट अफ् आइडेन्टिफिकेशन, इण्डियन सिटिजनसिप सर्टिफिकेट अनि रेसिडेन्सियल सर्टिफिकेटमाझको भिन्नता अनि महत्वबारे बुझाउने कार्य गरे।