विद्यालय परिसर पछाडि अपरिचित व्यक्तिको शव फेला परेपछि सनसनी

36c5540f-7c36-4fc9-850a-322297ca8bf9

उत्तर दिनाजपुर: विद्यालय परिसर पछाडि अपरिचित व्यक्तिको शव फेला परेपछि सनसनी फैलिएको छ। यो हत्या हो वा अरु केहि हो भन्नेबारे पुलिसले अनुसन्धान गरिरहेको छ। घटना बुधबार बिहान उत्तर दिनाजपुर जिल्लाको इस्लामपुरस्थित स्टेशन प्राइमरी स्कुलमा भएको हो। मृतकको नाम खुल्न सकेको छैन।
स्थानीय स्रोतअनुसार ती व्यक्तिले सो क्षेत्रमा भीख माग्ने गर्दथे। विद्यालयको पछाडि शव फेला परेको सूचना पाएपछि तत्काल इस्लामपुर पुलिस घटनास्थल पुगेको थियो। पातले ढाकिएको एक वृद्धको शव फेला परेपछि स्थानीयले हत्या भएको आशंका गरेका छन्। कसैले हत्या गरी शवलाई पातले छोपेको स्थानीयको अनुमान छ। खबर पाएपछि इस्लामपुर पुलिस चौकी घटनास्थलमा पुगेको थियो। पुलिसले शव उद्धार गरी पोष्टमार्टमका लागि विभागीय अस्पताल इस्लामपुर पठाएको छ। पुलिसले घटनाको अनुसन्धान सुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement