लगातार चारवटा म्याच हारे पनि अक्षर पटेल सकारात्मक रहन चाहन्छन्

IMG-20230412-WA0210.jpg

१२ अप्रेलः दिल्ली क्यापिटल्सका अलराउण्डर अक्षर पटेलले मंगलवार राति इण्डियन प्रीमियर लीग (आईपीएल) २०२३ को म्याचमा मुम्बई इण्डियन्स विरुद्ध ६ विकेटले पराजयको सम्मुखीन भएपछि टीमको आउँदो म्याचहरूलाई रणनीतिबारे खुलेर जानकारी दिए। दिल्ली क्यापिटल्सको यो लीगमा लगातार चौथो हार हो अनि टीमले अहिलेसम्म जीतको स्वाद चाख्न सकेको छैन। म्याचपछि अक्षरले भने, चारवटा म्याच हारेपछि हामीसँग दुईवटा बाटो छ। या त हामी हार मान्न सक्छौं कारण चारवटा म्याच हारिसकेका छौं अनि हाम्रो रन रेट पनि खराब छ तर यस्तो गरे स्थिति झन् खराब भएर जानेछ। या फेरि हामी आफ्नो सोचलाई सकारात्मक राखेर आउँदो म्याचहरूको तयारी गर्न सक्छौं। जीत-हारले अवश्यै फरक पर्छ। लगातार चारवटा म्याच हारेको समय हामीले नेट रन रेट पनि राम्रो छैन, क्वालीफिकेशनको स्थिति कस्तो रहनेछ भन्ने सोच्न थाल्यौं भने स्थिति झन् जटिल र खराब हुनेछ। तपाईंले दबाउमा रहेर सोचे जस्तो प्रदर्शन गर्न सक्नुहुन्न। यसैकारण हामी आफ्नो सोचलाई स्पष्ट राखेर सकारात्मक रहनु पर्नेछ।
वार्नरले चारवटा ईनिंग्समा आफ्नो तेस्रो अर्द्धशतक बनाए तर उनले आफ्नो चीरपरिचित तरिकाले आक्रामक ब्याटिंग गर्न सकिरहेका छैनन्। यो टीमको निम्ति ठूलो चिन्ताको विषय बनेको छ। अक्षरले भने, वार्नरले रन त बनाइरहेका छन् तर धेरै कोशिश गर्दा पनि द्रुत रन बनाउन सकिरहेका छैनन्। उनको दिमागमा के चलिरहेको छ भन्ने मलाई थाहा छैन तर टीम म्यानेजमेण्ट र कोचले पनि उनीसँग बात गरेको छ। मुम्बई विरुद्ध म्याचमा अक्षरले २५ बलमा ५ वटा छक्का र ४ वटा चौकाको साथ ५४ रन बनाए। ब्याटिंग क्रममा माथि पठाउने प्रसंगमा अक्षरले तल्लो क्रममा पनि द्रुत रन बनाउन सक्ने अनि म्याचलाई फिनिश गर्न सक्ने ब्याटरको आवश्यकता रहेको बताए। उनले भने, यस क्रम (सातौं नम्बर)-मा आएर पनि मलाई १०-१२ ओभर ब्याटिंग गर्ने मौका प्राप्त भइरहेको छ। यो टी२० को निम्ति पर्याप्त हो। टीम म्यानेजमेण्टले ब्याटिंग क्रमलाई लिएर चर्चा गरेको छ। यसैकारण म माथिल्लो क्रममा ओर्लिएर चाँड़ै आउट भए ईनिंग्सको अन्ततिर तेजीको साथ रन बनाउनु मुश्किल हुनेछ। अक्षरले बताएअनुसार, टीममा पर्याप्त अनुभव भएका धेरै घरेलु खेलाड़ी रहेका छन् तर टीमले एकजुट भएर प्रदर्शन गर्न चाहिँ सकेको छैन। उनले भने, हामीसँग घरेलु खेलाड़ीहरूका अनुभव छ। यश धुलले अण्डर-१९ खेलेका छन् अनि ललित यादव ३-४ सालदेखि लगातार दिल्लीबाट खेलिरहेका छन्। सबैजना एकजुट भएर प्रदर्शन गर्न चाहिँ सकिरहेका छैनन्। हाम्रो संयोजन पनि लगातार बद्लिरहेको छ अनि यसले समस्या भइरहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement