केएफए-को तत्वावधानमा सुपर लीग (सीनियर) अनि अण्डर-१४ लीगको आयोजन गरिने

IMG-20230412-WA0121.jpg

१२ अप्रेलः फूटबल खेल अनि खेलाड़ीहरूका हितमा निरन्तर कार्य गर्दै आएको खरसाङ फूटबल एसोसिएशन (केएफए)-को तत्त्वावधानमा खरसाङ सुपर लीग (सीनियर) अनि खरसाङ फूटबल डेवलपमेण्ट लीग (अण्डर-१४)-को आयोजन गरिनेछ। केएफए-को पक्षमा उर्गेन लामाले बताएअनुसार, सीनियर वर्गमा हुने खरसाङ सुपर लीग २४ अप्रेलदेखि शुरु हुनेछ। यस लीगमा अधिकतम् १० वटा टीमलाई स्थान दिइनेछ अनि म्याचहरू स्थानीय चाँदमारी खेल मैदानमा हुनेछ। यस लीगमा प्रत्येक टीमको शुरुवाती एकादशमा ४ जना बाहिरका खेलाड़ी (विदेशी छोड़ेर) राख्न सकिनेछ। यसरी नै अण्डर-१४ वर्गको फूटबल डेवलपमेण्ट लीग २२ अप्रेलदेखि शुरु हुनेछ। स्कूल छुट्टी हुने दिनलाई ध्यानमा राखेर म्याचहरू प्रत्येक हप्ता शनिवार र आइतवार खेलाइनेछ। यस लीगमा पनि अधिकतम् १० वटा टीमलाई स्थान दिइनेछ। अण्डर-१४ लीगको निम्ति चाहिँ आयोजन स्थलको घोषणा अहिलेसम्म गरिएको छैन। दुवै लीगको फिक्स्चर चाँड़ै सार्वजनिक गरिनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement