यूएफा च्याम्पियन्स लीगःबेनफिकाको होम ग्राउण्डमा इण्टर मिलानको जीत

IMG-20230412-WA0107.jpg

१२ अप्रेलः यूएफा च्याम्पियन्स लीग फूटबलको क्वार्टर फाइनल चरण मंगलवार अबेर रातिदेखि शुरु भयो अनि इण्टर मिलानले बेनफिका विरुद्ध २-०-ले जीत हासिल गरी सेमिफाइनलको निम्ति आफ्नो दावेदारीलाई दह्रिलो बनायो। बेनफिकाको होम ग्राउण्डमा हासिल भएको यस जीतपछि इण्टर सेमिफाइनलको संघारमा पुगेको छ कारण यी दुई टीमबीच दोस्रो लेगको म्याच इटलीको क्लबको होम ग्राउण्डमा खेलिनेछ। पोर्तुगलको क्लब विरुद्ध क्वार्टर फाइनल राउण्डको पहिलो लेगको म्याचमा इण्टरले दुवै गोल मध्यान्तरपछि हासिल गऱ्यो।

म्याचमा ४२ प्रतिशत पोजेशनको साथ खेल्ने टीमबाट निकोलो बारेल्लाले ५१औं मिनटमा पहिलो गोल गरे। त्यसपछि रोमेलु लुकाकुले ८२औं मिनटमा पेनल्टीबाट अझ एक गोल गरी इण्टर मिलानलाई २-०-ले जीत दिलाए। म्याचमा बेनफिकाले पनि गोल गर्ने मौकाहरू बनाएको थियो तर टीमले ती मौकाहरूको फाइदा उठाउन सकेन।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement