कोविड़ भारत: कोरोनाको सक्रिय मामिला बढेर ४०,२१५

IMG-20230322-WA0137.jpg

कोरोनाको ७,८३० नयाँ मामिला, १६ जनाकाे मृत्यु

नयाँ दिल्ली: केन्द्रीय स्वास्थ्य मन्त्रालयद्वारा जारी आंकडाअनुसार गत २४ घण्टमा देशभरि कोरोनाको ७,८३० नयाँ मामिला अघि आएको छ। यसको साथै देशमा अहिलेसम्म मोठ कोरोना सङ्क्रमितको संख्या बढ़ेर अब ४,४७,७६,००२ पुगेकाे छ। विगत २४ घण्टामा कोरोनाले दिल्ली, पञ्जाब र हिमाचल प्रदेशमा दुई–दुई र गुजरात, हरियाणा, महाराष्ट्र, तमिलनाडु र उत्तर प्रदेशमा एक–एक जना र केरलमा पाँच जनागरी कुल १६ नयाँ मृत्युसँगै यस रोगका कारण मृत्यु हुनेको संख्या ५,३१,०१६ पुगेको छ। हालसम्म देशमा यस राेगले मृत्यु हुनेको कुल संख्या ५,३१,०१६ पुगेको छ। यसरी नै यस अवधिमा ४,६९२ जना कोरोनामुक्त भएर सामान्य जीवनमा फर्किएका छन्। अहिलेसम्म ४,४२,०४,७७१ जना कोरोनाबाट स्वास्थ्य भइसकेका छन्। हाल देशमा कोरोनाबाट निको हुने दर ९८.७२% रहेको छ।

हाल देशमा कोरोनाको सक्रिय मामिलाको संख्या ४०,२१५ रहेको छ। यसरी नै देशमा आज कोरोनाको दैनिक सकारात्मकता ३.६५ प्रतिशतमा रेकर्ड गरिएको छ भने साप्ताहिक सकारात्मकता ३.८३ प्रतिशत रहेको छ।

भारतीय आयुर्विज्ञान अनुसन्धान परिषद (आई.सी. एम. आर) ले दिएको जानकारीअनुसार गत २४ घण्टमा, देशभरी २,१४,२४२ जनाको कोरोना परीक्षणको साथ हालसम्म कुल ९२,३२,६७,५२४ जनको परीक्षण भइसकेको छ। यसरी नै, २४ घण्टमा ४४१ जनाले कोरोना खोप लगाउनको साथ कुल २२०,६६,२४,३२६ जनाले यो खोप लगाइसकेको छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement