सिक्किमेली जनताको हक, अधिकार र माटोको सुरक्षाका निम्ति एसडीएफ पार्टीमा एकजुट भएर काम गर्ने चामलिङको आग्रह

SAVE_20220611_230937.jpg

गान्तोक। पश्चिम सिक्किमको गेजिङ-बर्मेक निर्वाचन क्षेत्रबाट १४ परिवारले सत्तारूढ एसकेएम पार्टीलाई परित्याग गरी एसडीएफ पार्टीमा प्रवेश गरेको एसडीएफद्वारा गरिएको छ। पार्टी प्रवेश गर्ने १४ परिवारमा दिपेन थापा, सुकराज गुरूङ, हरिप्रसाद छेत्री, मनोज तामाङ, पुष्प छेत्री, सन्तोष मुखिया, बिरे सुवेदी, विसाल सुवेदी, विकास सुब्बा, योगेन छेत्री, देउप्रकाश शर्मा, पुण्यकुमार सुवेदी, देउकुमार छेत्री, सुदिप विश्वकर्मा आदि रहेको बताइएको छ।

एसडीएफ पार्टीमा सामेल हुनेहरूलाई वाइपासस्थित एसडीएफ मुख्य कार्यालयमा पार्टी अध्यक्ष पवन चामलिङले खादा अपर्ण गर्दै पार्टीको झण्डा प्रदान गरी विधिवत रूपमा स्वागत जनाएको जानकारी प्रेस विज्ञप्तिमा दिइएको छ। एसकेएम पार्टी परित्याग गर्ने सक्रिय कार्यकर्ताहरूले सामेली कार्यक्रममा आफ्नो दुखेसो बताउँदै एसकेएम पार्टीले चुनाउमा दिएका झुटो आश्वासन, बाचा, प्रलोभन र लालच देखाएर सरकार बनाएको आरोप लगाए। अहिले सरकार बनिएपछि ती सबै घोषणाहरू एउटै पनि पूरा गर्न नसकेको उनीहरूले बताए।

एसडीएफ पार्टीमा सामेल हुने युवाहरूलाई सम्बोधन गर्दै पार्टी अध्यक्षले सिक्किम र सिक्किमेली जनताको हक, अधिकार र माटोको सुरक्षाका निम्ति एसडीएफ पार्टीमा एकजुट भएर काम गर्ने आग्रह गरे। सिक्किम र सिक्किमेली जनताका विशेष अधिकारप्रति सधैं सजग र सचेत भएर काम गर्ने राज्यको एक मात्र क्षेत्रीय पार्टी एसडीएफ रहेको उनले बताए। एसडीएफ पार्टीले विगत २५ वर्षमा सिक्किम र सिक्किमेली जनतालाई कुनै नोक्सान गरेन बरू मान, सम्मान, प्रतिष्ठा र समृद्धिमा तीव्र गतिमा विकास गराएको थियो भन्ने कुरा सबै अघि छर्लङ्ग छ भनी बताए।

आफ्नो सम्बोधनका क्रममा उनले भने, सत्तारूढ एसकेएम पार्टीले तीन वर्षमा नै सिक्किमलाई सम्पूर्ण रूपले धरासयी बनाइसकेको छ। सिक्किमको आर्थिक, सामाजिक, राजनैतिक, भू-सम्पदादेखि लिएर राज्यका विशेष अधिकार, सिक्किमेली जनताका वर्तमान र भविष्यसम्म एसकेएम सरकारले धरापमा पारिसकेको छ। यसैले सिक्किम र सिक्किमेली जनताको भाग्य, भविष्य, अस्मिता र अस्तित्वलाई बचाउन राज्यका सबै जनता एकजुट भएर २०२४-को चुनाउमा एसडीएफ पार्टीलाई फर्काइ ल्याउनु पर्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement