यूक्रेनमाथि रूसी हमलापछि विश्व दुई गुटमा !

Sattelite

यूक्रेनमाथि रूसी हमलापछि विश्व दुई गुटमा बाँड़ेको छ। यस विभाजनपछि जर्मनीले रूसको साथ आफ्नो अन्तरिक्ष अभियानबाट हात पछि सारेको छ भने रूसले जर्मनीको सेटेलाइटलाई हाईज्याक गर्ने प्रयास गरेको भनाई छ। अब मामिला दुवै देशबीच तनातनीमा परिणत भएको छ। रूस-यूक्रेन युद्धपछि जर्मनीले यूक्रेनको पक्षमा एकजुट यूरोपीय यूनियनको साथ रहने फसेला गरेको छ। जर्मनी सहित धेरै पश्चिमी देशहरूले रूससित सम्बन्ध तोड़ेर यूक्रेनलाई मद्दत गर्ने फसेला गरेका छन्। जर्मनीले रूसको अन्तरिक्ष एजेन्सी रोस्कोस्मोसको साथ आफ्नो सम्बन्धलाई पनि समाप्त गरेको छ। यस्तोमा दुवै देशको अन्तरिक्ष आधारित साझा अभियान पनि रोकिएको छ। केही वर्षपहिले रूस र जर्मनीले संयुक्त रूपमा अन्तरिक्षमा सेटेलाइट इरोसिटा पठाएका थिए। अहिलेसम्म दुवै देशले यस अभियानमा मिलेर काम गरिरहेका थिए। जर्मनीले रूसको साथ मित्रतालाई नकारेपछि यसको असर यस अभियानमाथि पनि परेको छ। इरोसिटाको काम पूर्ण रूपमा ठप्प भएको छ। इरोसिटाको संचालनबाट जर्मनीले हात पछि सारेपछि रूसका अधिकारीहरूले यसको गतिविधिहरूलाई हाईज्याक गर्ने प्रयास पनि गरे। यस प्रय़ासपछि जर्मनीका अधिकारीहरूले स्पष्ट चेतावनी दिएका छन्, जर्मनीको भागीदारी बिना इरोसिटाको कामकाज शुरू गर्दा रूसी अन्तरिक्ष एजेन्सीलाई ठूलो नोकसान उठाउन पर्नसक्छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement