ट्रकको केबिनमा आगो लाग्दा इलाकामा भागदौड

IMG_20220611_214224.jpg

राजगञ्ज: एउटा ट्रकको केबिनमा आगो लाग्दा इलाकामा भागदौड मच्चियो। उक्त घटना सिलगढी जलपाइगढी राष्ट्रिय राजमार्गको फुलबारी संलग्न जियागञ्ज इलाकास्थित एउटा निजी गोदाम नजिक भएको थियो। स्थानीय मानिसहरूले गोदाममा रहेको अग्निशमन यन्त्रको सहयोगमा आगोलाई पूर्ण रुपमा नियन्त्रणमा ल्याएको बताइएको छ। यस सम्बन्धमा ट्रक चालक विजयकुमार रायले भने, खाना पकाइरहेको समय अचानक एउटा ग्यास सिलेण्डरबाट ट्रकको केबिनमा आगो लाग्दा केबिन जलेर खरानी भएको छ। तथापि, घटनामा कसैको ज्यानलाई कुनै क्षति नपुऱ्याएको बताइएको छ। घटनाको खबर पाएर न्यु जलपाइगढी थाना पुलिस घटनास्थलमा पुगेर जाँच शुरु गरेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement