सिलगढी: सिलगढी महकुमा परिषद चुनाउ आगामी २६ जुनको दिन सम्पन्न हुने भएको छ। आज फाँसीदेवाको विभिन्न बुथहरूमा दार्जीलिङका भाजपा सांसद राजु विष्टले भाजपा प्रार्थीहरूको समर्थनमा चुनाउ प्रचार गरे। सांसद विष्ट आज भाजपाका प्रार्थीहरूको साथमा फाँसीदेवादेखि लिएर बन्दरगाउँ इलाकाको घर-घर पुगेर चुनाउ प्रचार गर्नको साथै प्रधानमन्त्री नरेन्द्र मोदीको विविध विकासमूलक कार्यहरूबारे मानिसहरूलाई अवगत गराए। महकुमा परिषद चुनाउमा भाजपाले बोर्ड गठन गरे केन्द्र सरकारको सबै परियोजनाहरू साधारण मानिसहरूसमक्ष पुग्ने तिनले बताए। चुनाउ प्रचार अवधि सांसद राजु विष्ट बाहेक सिलगढीका विधायक शङ्कर घोष, मतिगढा-नक्सलबारीका विधायक आनन्दमय बर्मन, फाँसीदेवाका विधायक दुर्गा मुर्मू लगायत पार्टीका अन्य सदस्यहरू उपस्थित थिए।