दार्जीलिङ: पूर्व घोषणा अनुरूप हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आजदेखि परिवर्तन यात्रा तकभर समष्टिमा चूनावी प्रचार प्रसार शुरु गरेष यस अवधि हाम्रो पार्टीको उम्मेद्वार राकेश थापा पनि उपस्थित रहेका थिए। तकभरको चेक पोस्टमा तकभर समष्टिका जनता जर्नादाहरूले हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसलाई भब्य स्वागत जनाए।तकभर समष्टिको जनता जनार्दाहरूले सडकको दुई किनारमा उभिएर हातमा हाम्रो पार्टीको झण्डा लिएर पार्टी अध्यक्ष अजय एडवार्डसलाई फूल बसाउँदै हाम्रो पार्टी जिन्दाबाद अजय एडवार्डस जिन्दाबादको नाराहरू लगाए। दार्जीलिङ पहाड विगत ३५ सालदेखि विकाशहिन दिशामा रहेको छ। दार्जीलिङ पहाडलाई सही मार्ग दर्शन गर्न हाम्रो पार्टी गठन भएको छ। हाम्रो पार्टीको लक्ष्य पहाडमा परिबर्तन ल्याउन,जनताको राज ल्याउन अनि छुटटै राज्य गोर्खाल्याण्डको ढुकढुकीलाई पूरा गर्न रहेको छ। हाम्रो पार्टीले दार्जीलिङ नगरपालिकामा जनताको राज ल्याई सकेको छ भने अब लाल कोठीमा जनता राज ल्याउने कम्बर कसेको छ। लाल कोठीमा जनताको राज आएपछि पहाडमा निष्पक्ष विकाशको खोला बग्नेछ। हाम्रो पार्टी अध्यक्ष अजय एडवार्डसले आफुलाई स्वागत गर्न बसेका तकभर समष्टिका बासिन्दाहरूलाई तपाई हरूको आर्शिबाद विना आफुले केही गर्न नसक्ने बताउँदै २६ जूनको दिन तपाईहरूले दार्जीलिङ पहाडमा परिबर्तन ल्याउन अनि जनताको राज ल्याउनलाई केवल १० मिनट हाम्रो पार्टी दिनु होस भन्ने आहवान गरयो। तपाईहरूको माया, आर्शिबाद अनि तपाईहरूको केवल १० मिनट मात्र पहाडमा परिबर्तन ल्याउन सक्छ,जनता राज ल्याउन सकिन्छ तिनले भने।