परिवर्तन यात्रा लिएर अजय एडवर्ड सोमबार गितडब्लिङ जाने

HP

कालेबुङ: अजय एडवर्डको परिवर्तन यात्रा आजदेखि शुरु भएको छ। हाम्रो पार्टीको चुनाव प्रचारलाई उनले परिवर्तन यात्रा नाम दिएका छन्। आफ्नो पार्टीको उम्मेदवारहरुको प्रचार प्रसार र मनोबल बडाउन अजय एडवर्ड ४५ वटा समष्टिको भ्रमणमा निस्कने भएका छन्। यसै क्रममा सोमबारको दिन अजय एडवर्ड ४१ नम्बर समष्टिको विभिन्न स्थानहरु हुँदै गितडब्लिङ आउने कार्यक्रम रहेको जानकारी प्राप्त भएको छ। यस भ्रमणमा उनी बुधबारे बजार, च्याङदुङ, पोचोक, नेटवर्क डाँडा, नोकडाँडा हुदै गुम्बा डाँडा लगायतका क्षेत्रको भ्रमण गर्ने कार्यक्रम रहेको छ। यसपल्टको जीटीए सभाको ४५ वटा आसनहरूमा नै हाम्रो पार्टीले उम्मेद्वारहरू खडा गरेको छ। पार्टी उम्मेद्वारहरूको पक्षमा अध्यक्ष अजय एडवर्डले आज शनिबार तकभर समष्टिदेखि चूनावी प्रचार प्रसार शुरु गरेका छन्। एडवर्डको परिवर्तन यात्रा जीटीए सभाको ४५ वटा समष्टिहरूमा नै आगमी २४ जूनसम्म चल्ने पनि पार्टी स्रोतले बताएको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement