उच्च माध्यमिक परीक्षामा फेल भएका छात्राहरूले पास गरिदिने माग गर्दै विक्षोभ प्रदर्शन

21-09-04-Capture7-3.png

सिलगढी: सिलगढी बाल्मिकी विद्यापीठका उच्च माध्यमिक परीक्षामा फेल भएका छात्राहरूले पास गरिदिने माग गर्दै स्कुल अघि विक्षोभ प्रदर्शन गरे। यस वर्ष यहाँको मोठ १७० जना विद्यार्थीहरूले उच्च माध्यमिक परीक्षा दिएका थिए। तीमध्ये ५० भन्दा अधिक छात्राहरू फेल भएका छन्। यसपछि आज उक्त स्कुलका फेल भएका छात्राहरूले हातमा प्लेकार्ड बोकेर पास गरिदिने माग गर्दै स्कुल अघि विक्षोभ प्रदर्शन गरे। विद्यार्थीहरूको अभियोगअनुसार राम्रो प्रकारले उच्च माध्यमिक परीक्षा दिए तापनि आफूहरूलाई फेल गरिदिएको छ। आफूहरूलाई उचित अङ्क दियोस् भन्दै तिनीहरूले विविध नाराबाजी गरे। पास गराए दिदीले नोकरी दिए सक्दैन त्यसैले आफूहरूलाई उच्च माध्यमिक परीक्षामा फेल गराइदिएको प्रदर्शनकारी विद्यार्थीहरूले आरोप लगाएका छन्।

About Author

Advertisement