भाजपा राज्य अध्यक्ष डा. सन्दीप दास सिलगढीमा

20-59-53-7f019ae2-440d-4556-86e0-3fb476413f02-1024x461.jpg

सिलगढी: आज भारतीय जनता पार्टीका राज्य अध्यक्ष डा. सन्दीप दास सिलगढी आएका छन्। सिलगढी भ्रमणको पहिलो दिन आज एनजेपी रेलवे स्टेशनमा सिलगढी सांगठनिक भाजपाका कार्यकर्ताहरूले तिनलाई भव्य स्वागत जनाए। यसपछि आज दिउँसो सिलगढीको मल्लागढी भाजपा पार्टी कार्यालयमा एससी मोर्चाका राज्य अध्यक्ष सन्दीप दासले पार्टीका कार्यकर्ताहरूसित एउटा बैठक गरे। बैठकपछि पत्रकारहरूलाई सम्बोधन गर्दै तिनले भने, प्रधानमन्त्री नरेन्द्र मोदीको नेतृत्वमा देश लगायत एससी मोर्चा र सम्प्रदायका मानिसहरूको पनि विकास भएको छ। एससी मोर्चाका राज्य अद्यक्ष डा. सन्दीप दासले सिलगढीसहित बाघडुग्रा र जलपाइगढीमा सांगठनिक कार्यकर्ताहरूसित बैठक गर्नेछन्। यस अवसरमा दार्जीलिङ र जलपाइगढीका एससी मोर्चाका कन्भेनर डा. सचिव प्रसाद, सिलगढी संगठन जिल्ला अध्यक्ष आनन्दमय बर्मन, एससी मोर्चाका सदस्यहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement