ला लीगाः रियल म्याड्रिड, बार्सिलोना र एट्लेटिकोको ड्र

photocollage_2022516123313404.jpg

१६ मईः स्पेनिश ला लीगा फूटबलमा आइतवार राति प्रमुख सबै टीमहरूले ड्र खेल्यो। यस क्रममा च्याम्पियन रियल म्याड्रिडलाई काडिजले १-१-को ड्र-मा रोक्यो। म्याचमा केही प्रमुख खेलाड़ीहरू बिना मैदानमा ओर्लिएर ६२ प्रतिशत पोजेशनको साथ खेल्ने रियल म्याड्रिडबाट मारिआनो डिआजले पाँचौं मिनटमा गोल गरे। त्यसपछि रुबेन सोबरिनोले ३७औं मिनटमा गोल गरी काडिजलाई १-१-को बराबरीमा पुऱ्याए। यस ड्र पछि ला लीगाको जारी सीजनमा अगावै च्याम्पियन हुने रियलको ३७ वटा म्याचमा ८५ पोइण्ट पुग्यो जबकि काडिज ३६ पोइण्टको साथ १८औं स्थानमा रहेको छ। बार्सिलोना चाहिँ गेटाफे विरुद्ध गोलरहित ड्र (०-०)-मा अल्झियो। म्याचमा ७२ प्रतिशत पोजेशनको साथ खेले पनि बार्सिलोनाले गोल गर्ने अधिक मौका बनाउन सकेन। यस ड्र पछि बार्सिलोना ३७ वटा म्याचमा ७३ पोइण्टको साथ दोस्रो स्थानमा कायम रह्यो भने १४औं स्थानमा रहने गेटाफेसँग ३९ पोइण्ट रहेको छ। दुई शक्तिशाली टीम एट्लेटिको म्याड्रिड र सेविलेबीचको म्याच १-१-ले ड्र रह्यो। म्याचमा जोसे मारिया गिमिनेजले ३०औं मिनटमा एट्लेटिकोलाई बढ़त दिलाए पनि यूसेफ एन-नेसरीले ८५औं मिनटमा गोल गरी सेविलेलाई हारबाट बचाए। एट्लेटिको अहिले ६८ पोइण्टको साथ तेस्रो र सेविले ६७ पोइण्टको साथ चौथो स्थानमा रहेको छ। यसबीच रियल बेटिसले चाहिँ ग्रानाडा विरुद्ध २-०-ले जीतको साथ शीर्ष चारमा सामेल हुने सम्भावनालाई अन्तिम म्याचसम्म पनि जीवित राख्यो। विजेता टीमबाट दुवै गोल जुआनमीले छिराए। रियल बेटिस अहिले ६४ पोइण्टको साथ पाँचौं स्थानमा रहेको छ। अब सबै टीमको १-१ वटा म्याच बाँचेको हुनाले अन्तिम चारमा सामेल हुन सेविलेले आफ्नो अन्तिम म्याच जसरी भए पनि जित्नु पर्नेछ कारण गोल अन्तरको मामिलामा रियल बेटिस अघि रहेको छ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement