सर्वोत्कृष्ट अनलाइन क्लास गरेकामा बाग्राकोट उच्च माध्यमिक विद्यालयलाई सम्मान जनाउने

IMG-20220611-WA0137.jpg

बाग्राकोट: कोरोनाको जोखिमपूर्ण समयमा बाग्राकोट उमावि-ले सर्वोत्कृष्ट अनलाइन क्लास गरेकामा त्यसको मूल्याङ्कन गर्दै दार्जीलिङ युनिभर्सल क्याम्पसले सम्मान जनाउने भएको छ। स्मरण गराइन्छ त्यसबखत दार्जीलिङ युनिभर्सल क्याम्पसले दार्जीलिङ र कालेबुङ जिल्लाका सबै स्कूलमा भइरहेको अनलाईन क्लासको सर्वे गरेको थियो। उक्त सर्वेमा सबैभन्दा उत्कृष्ट क्लास बाग्राकोट हायर सेकेन्डेरी स्कूलबाट सञ्चालन भएको सर्वे टिमले निर्क्योल गरेकोले गर्दा सम्मान जनाउन स्कुलका प्रधानाध्यापक सागर शर्मालाई निम्तो पठाएको छ। उक्त संस्थाले आगामी १६ जुन २०२२ को दिन दार्जीलिङमा एउटा कार्यक्रमको आयोजना गरेर स्कुललाई सम्मान जनाउने भन्दै निम्तो आएको प्रधानाध्यापक सागर शर्माले जनाएका छन्। हिजो बाग्राकोट उमावि-का सहशिक्षक अमित गुरुङको नेतृत्वमा उक्त संस्थालाई प्रतिनिधित्व गर्दै सिद्धार्थ शर्मा स्कूलमा आएका थिए। त्यसैबेला तिनले यो सुखद खबर सुनाउँदै निमन्त्रणा दिएको शर्माले थप बताएका छन्।
यसलाई प्रधानाध्यापक सागर शर्माले सामूहिक प्रयासको उपलब्धि ठान्दै सबैले मिलेर काम गरियो भने असल परिणाम आउँछ भन्नेकुरो प्रमाणित भएको बताएका छन्। यो उपलब्धि कुनै एकजनाको प्रयासमा प्राप्त नभएको भन्दै उनले आफ्ना सबै सहकर्मीहरूलाई श्रेय दिएका छन्।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement