आईपीएल २०२३: दिल्ली क्यापिटल्स विरुद्ध मुम्बई इण्डियन्सको रोमाञ्चक जीत

IMG-20230411-WA0264.jpg

११ अप्रेलः पहिलो दुईवटा म्याचमा हारपछि पाँचपल्टको च्याम्पियन मुम्बई इण्डियन्सले आईपीएल २०२३-मा पहिलोपल्ट जीतको स्वाद चाख्यो। मंगलवार नयाँ दिल्लीमा खेलिएको म्याचमा मुम्बई इण्डियन्सले दिल्ली क्यापिटल्सलाई अन्तिम बलसम्म चलेको रोमाञ्चक लड़ाइँमा ६ विकेटले पराजित गऱ्यो। म्याचमा टस हारेर पहिला ब्याटिंग गर्दै होम टीम दिल्ली क्यापिटल्स १९.४ ओभरमा १७२ रन बनाएर अलआउट भयो। अक्षर पटेलले ५ वटा छक्का र ४ वटा चौकाको साथ २५ बलमा सर्वाधिक ५४ रन बनाए। कप्तान डेविड वार्नरले ४७ बलमा ६ वटा चौकाको साथ ५१ रन बनाए। यसबाहेक मनीष पाण्डेले २६ रनको योगदान दिए। मुम्बई इण्डियन्सका बलरहरूमा जेसन बेहरनडर्फ र पियुष चावलाले ३-३ विकेट लिए। जवाफमा मुम्बई इण्डियन्सले कप्तान रोहित शर्माको अर्द्धशतकी ईनिंग्सको सहायताले म्याचको अन्तिम बलमा १७३ रनको लक्ष्यलाई हासिल गऱ्यो। मुम्बई इण्डियन्सले यस अवधि ४ विकेट गुमायो। कप्तान रोहितले ४५ बल खेलेर ६ वटा चौका र ४ वटा छक्काको साथ सर्वाधिक ६५ रन बनाए। यसबाहेक तिलक वर्माले २९ बलमा ४१ (४ वटा छक्का र एउटा चौका) र इशान किशनले ३१ रन (६ वटा चौका) बनाए। टिम डेविड १३ र क्यामरन ग्रीन १७ रनमा अविजित रहे। दिल्ली क्यापिटल्सका बलरहरूमा मुकेश कुमारले सर्वाधिक २ विकेट लिए। दिल्ली क्यापिटल्सको यो ४ वटा म्याचमा लगातार चौथो हार हो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement