इण्डिपेण्डेन्स डे फूटबलः जेवाईसी धजिया होप र रोहिणी एफसी दोस्रो राउण्डमा

IMG_20220611_193630.jpg

११ जूनः युनाइटेड सीडर्स फूटबल क्लबको तत्त्वावधानमा आयोजित इण्डिपेण्डेन्स डे ओपन नक् आउट फूटबलअन्तर्गत शनिवार पहिलो राउण्डको दुईवटा म्याच रहेको थियो। अप्पर सीडर्स खेल मैदानमा आज भएको पहिलो म्याचमा जेवाईसी धजिया होपले साहिल स्पोर्टिंगलाई २-१-ले पराजित गऱ्यो। विजेता टीमबाट डिक्छेन छेत्रीले २०औं र ४१औं मिनटमा २ गोल गरे। यसरी नै साहिल स्पोर्टिंगबाट सुदीप प्रधानले १७औं मिनटमा गोल गरे। यसरी नै आज रोहिणी एफसी र ग्रामीण युवा खेल संघबीच म्याच रहेको थियो तर प्रतिद्वन्द्वी टीम नआउँदा रोहिणी एफसीले वक्ओभर पाएर दोस्रो राउण्डमा स्थान बनायो। टुर्नामेण्टको फाइनल १५ अगस्तमा हुनेछ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement