सिक्किम क्रिकेट एसोसिएशनका प्रतिनिधिहरूले गरे राज्यपालसँग भेट

IMG-20230411-WA0258.jpg

गान्तोक: सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष लगायत कार्यकारिणी सदस्यहरूले आज राज्यका राज्यपाल लक्ष्मण प्रसाद आचार्यसँग भेट गरे। राजधानीस्थित राजभवनमा भएको भेटको क्रममा सिक्किम क्रिकेट एसोसिएशनका अध्यक्ष टिका सुब्बाले सिक्किममा क्रिकेट खेलको विकास साथै यसलाई बढावा दिनु पर्ने विषयमा राज्यपालसमक्ष कुरा राखे। यसरी नै सिक्किममा क्रिकेटलाई कसरी विकास गर्न सकिन्छ भन्नेबारेमा पनि आजको भेटको क्रममा छलफल गरियो। राज्यपालले सिक्किमले क्रिकेट क्षेत्रमा गरेको विकास प्रति खुशी प्रकट गर्दै संस्थालाई बधाई दिँदै यसलाई अझ उँचाईमा पुऱ्याउनु पर्ने सुझाउ दिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement