खरसाङ: एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाको आयोजनामा आज खरसाङके रेलवे स्टेशन परिसरमा विरोध प्रदर्शन गरिएको छ। उक्त विरोध प्रदर्शन रेलवेको निजीकरण लगायत रेलवेद्वारा रिक्त रहेको पदहरूमध्ये ५० प्रतिशत पदहरूलाई रध्द गरिएको साथै खरसाङ रेलवे स्टेशनमा रहेको स्टेशन मास्टरको रुम र खरसाङस्थित रेलवे मजदुर युनियनको कार्यालय पनि निजीकरण गरी निजी कम्पनीलाई दिनलाई टेण्डर गराइएको भन्दै एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाको सदस्य सदस्याहरूले विरोध प्रदर्शन गरेका छन्। त्यसरी नै दार्जिलिङ हिमालयन रेलवेको तीनधारेस्थित कारखानामा पनि ५० प्रतिशत पदहरू घटाएको भन्दै विरोध प्रदर्शन गरिएको छ। एनएफ रेलवे इम्प्लोइज युनियन नाराबाजी गर्दै हात हातमा प्लकार्डहरू लिएर रेलवेले दिशा निर्देशन जारी गरेर थालेको कार्यप्रति विरोध गरेका छन्। यस विरोध प्रदर्शन विषयमा बोल्दै एनएफ रेलवे इम्प्लोइज युनियन खरसाङ शाखाको सचिव विशाल मुखियाले रेलवे दिशा निर्देशन जारी गरेर रिक्त पदहरूमा ५० प्रतिशत रध्द गर्ने र यसको प्रभाव पहाड़मा पनि नकरात्मक रुपमा पर्ने भन्दै विरोध गरेको बताएका छन्। उनले रेलवेले निजीकरणको कार्य थाल्दै खरसाङको रेलवे स्टेशनको स्टेशन मास्टरको रुम र रेलवे मजदुर युनियनको कार्यालय पनि निजीकरण गरी टेण्डर गराउने भनिएकोले हामीले विरोध प्रदर्शन गरेको बताएका छन्।