खरसाङ: खरसाङ महकुमा अन्तर्गत अम्बटे पंखाबारी लङ्भ्यु समष्टीबाट सीपीआईएमको प्रार्थी सचिन खातीद्वारा चुनाव प्रचार तेज गरेका छन्। उनले आफ्नो समष्टिको विभिन्न क्षेत्रहरूमा गएर चुनाव प्रचार गरिरहेका छन्। उनले घर दैलो अभियान गर्दै साथै व्यक्तिगत रुपमा भोटर्सहरूलाई भेटेर क्षेत्रको समस्याहरू र राजनैतिक समस्याहरू पनि बुझ्ने प्रयास गरिरहेका छन्। सीपीआईएमको प्रार्थी सचिन खातीको पक्षमा पंखाबारी लङ्भ्यु अम्बटे समष्टीको विभिन्न क्षेत्रहरूमा पोस्टरिङ गर्ने कार्य चलिरहेको छ। उनको पक्षमा घर घर गएर मानिसहरूलाई भेट्ने क्रम चलिरहेको छ।

आफ्नो चुनावी प्रचार विषयमा पत्रकारहरूसित कुराकानी गर्दै सीपीआईएमको प्रार्थी सचिन खातीले अहिले मेरो समष्टीमा चुनाव प्रचार लगातार रुपमा गरिरहेको र व्यक्तिगत रूपमा भोटर्सहरूलाई भेटेर बातचीत गरिरहेको बताएका छन्। उनले हाम्रो मुख्य मुद्दा भनेको रोहिणी, गाड़ीधुरा र दुधे क्षेत्रको जमीनको पर्चा पट्टा दिलाउनु अनि यहाँको मानिसहरूलाई जमीनको मालिकाना हक दिलाउन कम्मर कसेको बताएका छन्।