गान्तोकः पछिल्लो ६ अप्रेलका दिन भारतीय जनता पार्टी (भाजपा) मा सामेल भएका कर्मा चाङ्कापा र जिग्मी लाचुङपाले समग्र सिक्किमेको हित रक्षाका लागि भाजपा मात्र अबको बिकल्प रहेको बताएका छन्। सिक्किममा भाजपाको सरकार गठन भए सिक्किमका सबै राजनैतिक मुद्दा र पुराना कानूनको सुरक्षा हुने विश्वस व्यक्त गर्दै मानिसहरूलाई एकपल्ट बीजेपीको सरकार ल्याउन सहयोग दिन आग्रह गरेका छन्।
मंगलवार गान्तोकमा पत्रकारहरूसँग कुराकानी गर्दै स्थामीय हितका कुनै पनि मुद्दालाई अहिलेसम्मका सरकारले सम्बोधन गर्न नसकेका बताउँदै अब समग्रका लागि भाजपाले मात्र काम गर्र सक्ने तर्क राखेका छन्। सिक्किम भोटिया लेप्चा एपेक्स कमिटीका संयोजक छितेन टाशी भोटियाको साथमा भाजपामा सामेल भएका कर्मा चाङ्कापा र जिग्मी लाचुङ्पाले सिक्किमेको हितका लागी भोटिया, लेप्चा र नेपाली एकै मञ्चमा जुट्न आवश्यक रहेको बताए।
स्थानीय सबै राजनैतिक दल सबै राम्रै भएपनि उनीहरूले निहित स्वार्थका लागि काम गरेको बताउँदै समग्र हितलाई ध्यानमा राखेर अब सिक्किमका जनताले भाजपाको सरकार ल्याउनुपर्ने समय आएको दावी गरेका छन्। भाजपाका यी दुवै सदस्यले वित्त विधेयक २०२३ स्वीकार्य नरहेको बताए भने जोइन्ट एक्सन काउन्सिलले सिक्किमेको पक्षमा काम गरिरहेको छ भन्दै काउन्सिलको समर्थन गरे। विगतका केही वर्ष यता पूर्वोत्तर राज्यमा भाजपाले गरेको प्रदर्शन राम्रो रहेका कारण पनि सिक्किममा पनि सरकार बनाउन आवश्यक रहेको उनीहरूको भनाइ छ।