१२ अप्रेलदेखि चाँदमुनि मैदानमा अण्डर-१७ अन्तर जिल्ला फुटबल प्रतियोगिता हुने

d4199b13-5340-4b5e-a9f2-c7868bac868d

सिलगढी: प्रतिभाको खोजी गर्दै आईएफएको व्यवस्थापनमा बुधवारदेखि अन्डर-१७ अन्तर जिल्ला फुटबल प्रतियोगिता सुरु हुँदैछ। आईएफए सचिव अनिर्बान दत्त, अध्यक्ष अजित बेनर्जी र अन्यले मंगलबार एक पत्रकार सम्मेलन मार्फत यो जानकारी दिएका हुन। यो फुटबल प्रतियोगिता सिलगढीको चाँदमुनि मैदानमा सम्पन्न हुन गइरहेको छ। पहिलो दिन सिलगडी र कालेबुङ मैदानमा भिड़ने भएको छ। कालेबुङका क्लस्टरहरू पनि छन्। यस प्रतियोगिताको विजेता मुख्य राउण्ड खेल्न कोलकता जानेछ। यस प्रतियोगिताबाट प्रतिभावान खेलाडी छनोट गरी बङ्गाल टोली बनाउने योजना रहेको अनिर्बान दत्तले बताए ।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement