थाइल्याण्डकी सोसल मिडिया इन्फ्लुएन्सरर तथा मोडल अरिसारा कर्बादेचो कबाब खाँदा निसास्सिएकी थिइन्। त्यसपछि उनलाई अस्पतालमा भर्ना गरिएको थियो। दुई महिना लाइफ सपोर्टमा रहेपछि अहिले उनको निधन भएको छ। २७ वर्षीय सोसियल मिडिया स्टारको निधनको खबर परिवार र साथीभाईले पुष्टि गरेका छन्। अरिसाराका साथी सिरिकण्डा चाइबुरुतले फेसबुकमा भनेकी छन्– अरिसारालाई चिन्ने सबै दुःखी छन्। उनी जवान र सुन्दर थिइन्। अरिसारालाई एलिस भनेर पनि चिनिन्थ्यो। उनलाई इन्स्टाग्राममा १५ लाखभन्दा बढीले फलो गरेका छन्। उनले आफ्ना तस्वीरहरू पोस्ट गरेर अनलाइन लोकप्रियता कमाएकी हुन्।
आरिसराकी आमा ५७ वर्षीया सुपिचाले आफू निकै व्यस्त रहेको बताइन्। उनी कुनै काममा जाँदै थिइन्। परम्परागत थाई खाना खाइरहेकी उनले हतारमा पोर्क कबाब र भात खाइरहेकी थिइन्। त्यही क्रममा उनको घाँटीमा मासुको टुक्रा अड्कियो। त्यसपछि उनलाई अस्पताल लगिएको थियो। अरिसराको अवस्था देखेर चिकित्सकले अस्पताल पुग्न ९ मिनेट ढिलो भएको र उनको मस्तिष्कमा अक्सिजन आपूर्ति लामो समयसम्म बन्द भएको बताए। अरिसराले घटनाको केही दिन अघि मार्चमा आफ्नो अन्तिम इन्स्टाग्राम पोस्ट गरेकी थिइन्। उनको उक्त पोस्टमा हजारौं फ्यानले कमेन्ट गरेका छन्। त्यहाँ मानिसहरूले यी मोडललाई श्रद्धांजलि अर्पण गरेको पनि देखिन्छ। अरिसराकी आमाले भनिन्, ‘म सबै किशोरकिशोरीलाई आफ्नो स्वास्थ्यको राम्रो ख्याल गर्न आग्रह गर्न चाहन्छु। समयमै खाना खानुहोस् र आराममा पूर्ण ध्यान दिनुहोस्l’ अरिसराकी आमाले थप भनिन्, ‘म साथ भएको भए यस्तो दुखद घटना हुने थिएन। म यो प्रकारको कुरा अरू कसैलाई वा कुनै पनि परिवारमा भएको चाहन्नl’