सिलगढी: फासीदेवा ब्लकको सदरगाछ क्षेत्रमा बिधान नगर थाना पुलिसले छापा मारेको छ। सोही क्रममा एउटा १४ पाङ्ग्रे ट्रकलाई त्यहाँ रोकेर खोजी-तलासी गरिएको थियो। खोजीका क्रममा गाडीबाट २१ वटा भैँसी बरामद भएको छ। यस घटनामा पुलिसले एकजनालाई पक्राउ गरेको छ। अभियुक्तको नाम एमडी मुजामिल (२२) हो। उनी बिहारका बासिन्दा हुन्। उक्त ट्रकबाट कुल २१ वटा भैँसी बरामद भएको बिधाननगर पुलिस स्रोतले जनाएको छ। बरामद भैँसी उत्तर दिनाजपुर जिल्लाको पञ्जीपाडाबाट बंगलादेश तस्करीका लागि आसाम लगिदै थियो। अभियुक्तलाई सिलगढी डिभिजनल अदालतमा पेश गरिएको छ।