कोलकाता: कलकत्ता हाईकोर्टको खण्डपीठले प्राथमिक शिक्षकहरूको नियुक्तिको लागि हालको अधिसूचनामा मंगलवार रोक लगाएको छ । यसअघि न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठले त्यस निर्देशिकालाई कायम राखेको थियो।
तर मंगलवार न्यायमूर्ति सुब्रत तालुकदार र सुप्रतिम भट्टाचार्यको खण्डपीठले स्पष्ट गर्यो कि २०२२ को २९ सेप्टेम्बरमा प्राथमिक शिक्षा परिषदको तर्फबाट जारी विज्ञप्ती खारेज रहनेछ। वस्तुतः यस विज्ञप्तीमा शिक्षा परिषदको तर्फबाट बताइएको थियो, जो उम्मेदवार २०२०-२२ वर्षको डीएलएड (डिप्लोमा इन एलिमेन्री एजुकेशन) प्रशिक्षणको निम्ति भर्ती भएका छन्, उनीहरू पनि यस नियुक्ति प्रक्रियामा हिस्सा लिन सक्नेछन्। शिक्षा परिषदको यस फसेला विरूद्ध सौमेन पाल सहित अन्य धेरैले याचिका लगाएका थिए। उनले भनेका थिए, नियमानुसार जसले २०१६ मा डीएलएड प्रशिक्षण गरेको छ, केवल उनीहरूलाई नियुक्ति प्रक्रियामा सामेल हुने छूट रहनेछ। यद्यपि, न्यायमूर्ति अभिजीत गांगुलीको एकल पीठले शिक्षा परिषदको अधिसूचनामा रोक लगाउन खारेज गरेको थियो, जस विरुद्ध यी याचिकाकर्ताहरूले खण्डपीठमा आवेदन गरेका थिए। त्यही सम्बन्धमा मंगलवार फसेला सुनाइएको छ।