मादक पदार्थको साथ तस्कर पक्राउ

IMG-20230324-WA0001.jpg

मुर्शिदाबाद: एक तस्करलाई मादक पदार्थको साथ बीएसएफले भारत-बांग्लादेश अन्तरराष्ट्रिय सीमामा पक्राउ गरेको छ। ३० ग्राम ब्राउन पाउडर पनि जफत गरिएको छ। यो घटना पश्चिम बंगालको मुर्शिदाबाद जिल्लाको सीमा चौकी खण्डुआ क्षेत्रको हो। तस्करको यस मादक पदार्थलाई भारतदेखि बांग्लादेश तस्करी गर्ने योजना थियो। पक्रा परेको तस्करको पहिचान अबु ताहेरको रूपमा गरिएको छ। अन्तरराष्ट्रिय सीमातिर एक व्यक्तिलाई आएको देखी बीएसएफ जवानहरूलाई त्यसमाथि सन्देह भयो। जवानहरूले उसलाई रोकेर जब उसको तलाशी लिए, तब त्यसदेखि उक्त मादक पदार्थ उद्धार भयो।
सोधपुछमा तस्करले खुलासा गरेको छ, उसलाई यो मादक पदार्थ भारतीय तस्कर अनिसूर रहमानले सीमा पारी बांग्लादेशी तस्कर सुहान शेखलाई सुम्पिनका लागि दिएको थियो। यस कामको निम्ति उसले दुई हजार रूपियाँ पाएको थियो।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement