कोलकाता: पश्चिम बंगालका विभिन्न कोइला र अन्य खनन क्षेत्रहरूमा बढिरहेको फोक्सो र अन्य रोगहरूलाई लिएर कलकत्ता हाईकोर्टले राज्य सरकारबाट रिपोर्ट मागेको छ। यो निर्देश मंगलवार मुख्य कार्यवाहक न्यायाधीश टीएस शिवगणनम र न्यायमूर्ति हिरणमय भट्टाचार्यको खण्डपीठले दिएको हो।वस्तुतः पश्चिम बंगालको बीरभूम, पश्चिम बर्दवान, झाड़ग्राम सहित धेरै क्षेत्रहरूमा सीमेन्ट कारखना, कोइला खानी र ढुंगाको क्वेरी छ। यहाँसम्मकी विद्युत केन्द्रहरूमा काम गर्ने धेरै श्रमिकहरूको फोक्सोको संक्रमण, हृदय सम्बन्धी रोगहरू र प्रदूषणको कारण हुने अन्य रोगहरूमा वृद्धि भएको छ। यसलाई लिएर कलकत्ता हाईकोर्टमा याचिका लगाएर मानिसहरूलाई यसबाट बचावको निम्ति हस्तक्षेप गर्ने माग गरिएको छ। शान्ति गणतान्त्रिक संहति मंचको तर्फबाट यो याचिका लगाइएको छ।यसमा सुनवाई गर्दै कोर्टले भन्यो, आगामी ०९ मईसम्म राज्यलाई रिपोर्टको माध्यमले यस्ता क्षेत्रहरूमा मानिसहरूलाई संक्रमणका रोगहरूदेखि बचावको निम्ति के-कस्तो व्यवस्था गरिएको छ, यो बताउनपर्नेछ।