रेलिङ-कैंजले समष्टिमा तृणमूल कांग्रेसको सभा
मिरिक: जीटीए चुनावमा लागि हाल विभिन्न राजनीतिक दललगायत निर्दलीय उम्मेद्वारहरूले आ-आफ्नो पक्षमा चुनाव प्रचारप्रसार गरिरहेका छन्। यसैक्रममा आज २४ नम्बर थर्बु-डुप्टिन समष्टिमा तृणमूल कंग्रेसको चुनावी कार्यलय यहाँको कृष्णनगरमा उद्घाटन गरियो। पण्डितको मन्त्रोच्चारणसँगै हिल टीएमसी चेयरमेन एलबी राईले नरिवाल फुटाएर रिबन काटेपछि कार्यलय उद्घाटन गरिएको हो। उद्घाटन समारोहपछि पत्रकारहरूसँग बोल्ने क्रममा हिल टीएमसी चेयरमेन एलबी राईले भने, ‘आज हामीले थर्बु डुप्टिन समष्टिका लागि चुनाव कार्यलय उद्घाटन गरेका छौंl’ २४ नम्बर समष्टिमा जीत निश्चित रहेको बताउँदै उनले भने, ‘हाम्रो प्रार्थी मिलेश राईको जीत निश्चित मात्र होइन विजय भइसकेका छन्l’ मिरिकको सर्वाङ्गिण विकासका लागि यहाँका जनताले मिलेश राईको पक्षमा मतदान गर्नुपर्ने उनले आहवान गरेl मिलेश राई सभासद भएर जीटीए सभामा पुगेपछि मिरिकको विकासको निम्ति धेरै कार्यहरू गर्ने उनले बताएका छन्। अर्कोतिर टीएमसी प्रार्थी मिलेश राईले आज उद्घाटन गरिएको चुनावी कार्यलय २४ नम्बर समष्टिको प्रमुख कार्यलय रहेको र यहाँबाट नै सबै सम्पूर्ण समष्टिको कार्य गरिनेछ भने। उनले साइलेन्ट मेजोरिटीको प्रसंगमा बोल्दै भने, ‘हाल मानिसहरू धेरै सचेत भइसेका छन्। सबैलाई स्वतन्त्र रूपमा बोल्ने अधिकार छ। यसरी नै यो स्थानीय तहको चुनाव भएकोले हाम्रो जीत निश्चित छl’ आजको कार्यक्रममा हिल टीएमसी मिरिक महकुमा अध्यक्ष अनिल छेत्रीले, भागोप्रमो २४ नम्बर नारी शक्ति अध्यक्ष किरण भोटिया(सुब्बा), ओमकार सुब्बालगायत दुवै पार्टीका कार्यकर्ताहरूको उपस्थिति रहेका थिए।
रेलिङ: आज रेलिङ-कैंजले समष्टिअन्तर्गत को-ओपरेटिभ भवनमा तृणमूल कांग्रेसको कार्यकारिणी सभा सम्पन्न भयोl जसमा तृणमूल कांग्रेस रेलिङ-कैंजले समष्टिका सभापति राजेन सुब्बा सचिव मन्जित सुब्बा साथै पुल-बिजनबारी खण्ड सभापति पर्वरिश सुब्बाको पनि विशेष उपस्थिति थियोl