११ अप्रेलः भारतका पूर्व ओपनिंग ब्याटर वसीम जाफरले बताएअनुसार, आईपीएल २०२३-को म्याचमा रोयल च्यालेञ्जर्स बेंगलोर (आरसीबी) विरुद्ध ठूलो स्कोरलाई खेदो गर्दै लखनऊ सुपर जाइण्ट्सका कप्तान केएल राहुलको डरछेरुवा ब्याटिंगले उीन चकित बने। उनले लखनऊका कप्तानसँग आक्रामक शट्हरू खेल्ने जोखिम उठाउने पनि आग्रह गरे कारण टीमको ब्याटिंग क्रम निक्कै दह्रिलो रहेको छ। लखनऊ सुपर जाइण्ट्सले सोमवार राति आरसीबी विरुद्ध १ विकेटले रोमाञ्चक जीत हासिल गऱ्यो। टीमले निकोलस पूरन (१९ बलमा ६२) र मार्कस स्टोइनिस (३० बलमा ६५)-को विध्वंशी ब्याटिंगको सहायताले २१३ रनको लक्ष्यलाई सफलतापूर्वक हासिल गऱ्यो तर म्याचमा राहुलको प्रदर्शन चाहिँ निराशाजनक रह्यो अनि टीमका कप्तान २० बलमा १८ रन बनाएर आउट भए।
जाफरले भने, म त चकित छु। यो सामान्य पीढ़ादायक पनि हुन्छ। म्याचमा २१३ रनको लक्ष्यलाई खेदो गर्दा कप्तानले अघि रहेर टोलीलाई नेतृत्व प्रदान गर्नु पर्छ। राहुलले आफ्नो मानसिकता बद्लिनु पर्नेछ। लखनऊको ब्याटिंग क्रम शक्तिशाली छ। वर्तमान टीममा क्रुणाल पाण्ड्याले अहिलेसम्म केही खास गर्न सकेका छैनन्। दीपक हुड्डाको साथ पनि त्यही भएको छ। त्यसपछि पनि टीमको ब्याटिंग गहिराई राम्रो छ। राहुलले आक्रामक शट्हरू खेल्नु पर्नेछ कारण टीमको ब्याटिंग क्रम साँच्चै राम्रो छ। राहुल आउट हुँदैमा लखनऊको टीमले रन बनाउन नसकेको पनि होइन। हामीले अतीतमा पनि राहुलको विध्वंशी ब्याटिंग देखिसकेका छौं तर फ्रेञाइजी क्रिकेटमा उनले सामान्य अधिक समय लिन्छन्। यसले नन स्ट्राईकर एण्डमा उभिने अनि डगआउटमा बसेका खेलाड़ीहरूमाथि अतिरिक्त दबाउ पर्ने गर्छ। कप्तानको धीमा ब्याटिंगले गर्दा अन्य खेलाड़ीहरूले अनावश्यक जोखिम उठाउनु पर्छ।