११ अप्रेलः अलेक्जेण्डर ज्वेरेवले मोण्टो कार्लो मास्टर्स टेनिस टुर्नामेण्टको पहिलो राउण्डमा अलेक्जेण्डर बुबलिकलाई ३-६, ६-२, ६-४-ले पराजित गरी क्ले कोर्ट सत्रमा असाधारण शुरुवात गरे। जर्मनीका १३औं वरीयता प्राप्त ज्वेरेव गत वर्ष फ्रेञ्च ओपनको सेमिफाइनलमा खुट्टाको चोटले गर्दा कोर्ट छोड़्न वाध्य भएपछि पहिलोपल्ट क्ले कोर्टमा खेलिरहेका छन्। यसबीच दुईपल्ट सेमिफाइनलमा पुग्ने ग्रिगोर दिमित्रोवले अमेरिकाका बेन शेल्टनलाई ६-१, ३-६, ६-३-ले पराजित गरे। अब उनको सामना चेक गणराज्यका जिरि लेहेकासँग हुनेछ। शीर्ष वरीयता प्राप्त सर्बियाई खेलाड़ी नोवाक जोकोविचको भिड़न्त क्वालीफायर इवान गाखोवसँग हुनेछ। स्टेफानोस सितसिपासले फ्रान्सका बेञ्जामिन बोञ्जी विरुद्ध अभियान शुरु गर्नेछन्। रफायल नडाल, कार्लोस अल्काराज र फेलिक्स आगर एलियासिम्मेले टुर्नामेण्टमा हिस्सा लिएका छैनन्।