११ जूनः अनुभवी भारतीय महिला बक्सर एमसी मेरिकोम घुँड़ाको चोटले गर्दा यस साल हुने राष्ट्रमण्डल खेलहरूको ४८ किग्रा वर्गको ट्रायलबाट बीचमै हट्न वाध्य भइन्। ६ पल्टकी विश्व च्याम्पियन तथा ओलम्पिक पदक विजेता मेरिकोमलाई ट्रायलको पहिलो राउण्डमै चोट लाग्यो। यसैकारण उनले राष्ट्रमण्डल खेलहरूमा हिस्सा लिन सक्नेछैनन्, जहाँ उनी २०१८-को चरणमा स्वर्ण पदक जित्ने पहिलो भारतीय महिला बक्सर बनेकी थिइन्। उनी ट्रायलबाट हट्दा हरियाणाकी नीतूले नयाँ दिल्लीको इन्दिरा गान्धी अन्तर्राष्ट्रिय स्टेडियममा राष्ट्रमण्डल खेलहरूका ट्रायलको फाइनलमा प्रवेश गरिन्। लण्डन ओलम्पिकमा काँस्य पदक जित्ने मेरिकोमले बाउटको पहिलो राउण्डमै केही घुस्सी लागेपछि सन्तुलन गुमाइन् अनि खुट्टा पक्रिएर बसिन्। त्यसपछि उनले रिंग छोड़्नु पऱ्यो अनि रेफरीले नीतूलाई विजेता घोषित गरे। मणिपुरकी बक्सरको खुट्टामा पट्टी बाँधियो अनि उनलाई स्क्यानको निम्ति अस्पताल लगियो।