दार्जीलिङ: ‘राज्य सरकारले गोर्खाहरूलाई अनुप्रवेशकारी भनेको विषयमा जीटीए सभाले विरोध प्रस्ताव ल्याउन नसक्नु भनेको जीटीए गोर्खाको हितमा छैन भन्ने प्रमाण भएको छ’ यो मन्तब्य हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले पोखेको छन्। हिज सोमबार जीटीए सभाको सभा डाकिएको थियो। उक्त सभामा विपक्षी सभासदहरूले राज्यको एक जिम्मेवार मंत्रीले बंगाल विधान सभामा नेपाली भाषीहरू अनुप्रवेशकारी हुन् भन्ने जस्ता शब्दहरूको प्रयोग गरेको थियो उक्त शब्दको विरोधमा जीटीए सभाले एक विरोध प्रस्ताव ल्याउनपर्छ भन्ने मांग गरेका थिए। तर जीटीए सभाको चेयरम्यान महोदयले मंत्रीको उक्त बयान राजनैतिक बयान रहेको बताउँदै विपक्षी सभसदहरूको मांगलाई खारिज गरी दिएका थिए। यसै सन्दर्भमा हाम्रो पार्टीको केन्द्रीय प्रवक्ता श्याम गौतमले विगत धेरै महिनापछि हिज जीटीए सभाको सभा डाकिएको थियो अनि उक्त सभामा 9 जना विपक्षी सभासदहरूले राज्यको एक जिम्मेवार मंत्रीले विधानसभामा नेपाली भाषी गोर्खाहरूलाई अनुप्रवेशकारी जस्ता शब्दहरूको प्रयोग गरेको विषयमा जीटीए सभाको सभामा आवाज उठाउँदै विरोध प्रस्ताव ल्याउने मांग गरेको थियो। तर जीटीए सभाले विपक्षीहरूले राखेको प्रस्तावलाई अमान्य गरेको छ अनि यस विषयमाथि कुनै चासो नदेखाएकोमा हामी घोर विरोध जनाउँछौ उनले भने। गोर्खा रंग मंच भवनमा गोर्खाको विरोधमा जारी गरेको बयानको विरोध प्रस्ताव ल्याउन नसक्नु दुर्भाग्य हो अनि गोर्खा रंग मंच भवनको अपमान पनि हो प्रवक्ता गौतमले भने। हिज सोमबार सम्पन्न भएको जीटीए सभाको सभा ले गोर्खा जाति अपमानित भएको छ,जीटीए सभाको पहिलो सभाले गोर्खाल्याण्डको प्रस्ताव पारित गरेको थियो तर पारित गरिएको प्रस्ताव कहाँ पुग्यो,कहाँ लगेर थन्काएको छ शायद यसबारे उनीहरूलाई नै थाहा होला अनि उनीहरूले यस विषयमाथि हात खडा गरी सकेको भान भएको छ तर हिजको सभामा राज्यको एक जिम्मेवार मंत्रीले गोर्खाहरूलाई अनुप्रवेशकारी बताएको विरोधमा विरोध प्रस्ताव समेत ल्याउन नसक्नु गोर्खाहरूको मतको गलत प्रयोग गरेको प्रबक्ता श्याम गौतमले आरोप लगाए। गोर्खा जातिको मत पाएर ब्यवस्थाको चैकीमा बसेको छ तर आज गोर्खा जातिलाई अनुप्रबेशकारी बताउँदा चूप लागेर बस्नु योभन्दा ठूलो दुर्भाग्य हो अनि उनीहरू गोर्खा जातिको पक्षमा नरहेर च्याटर्जी, ब्यानर्जी, चट्टोपाध्ययको पक्षमा रहेको स्पष्ट भएको छ प्रवक्ता श्याम गौतमले भने। बंगाल विधानसभा राज्यको एक जिम्मेवारी मंत्रीले गोर्खाहरूलाई अनुप्रवेशकारीभन्दा दार्जीलिङ र खरसाङको विधायकहरूले त्यसको विरोध जनाउँदा कालेबुङको विधायक मौन बसेको थियो। एक शब्द पनि बोलेनन प्रवक्ता गौतमले भने।उनले अघि भने, जीटीए सभामा हाम्रो पार्टी अध्यक्ष एंव सभासद अजय एडवाडर्सले मंत्रीको गोर्खा विरोधी बयानले जातिको मुटुमा चोट लागेको छ भन्दै प्लिज विरोध प्रस्ताव ल्याउनुपर्छ भन्दा चेयरम्यानले यो मंत्रीको उक्त बयान राजनैतिक बयान हो भन्दै प्रस्ताव ल्याउने मांगलाई खारिज गरिदिएका थिए प्रवक्ता गौतमले भने।