११ जूनः राजबारी युथको आयोजनमा तीनधारेमा जारी ओपन नक्आउट फूटबल टुर्नामेण्टमा शुक्रवार अन्तिम दुईवटा प्री-क्वार्टर फाइनल म्याच खेलियो। स्थानीय मिठाई डाँड़ा खेल मैदानमा भएको दिनको पहिलो म्याचमा नक्सल एफसीले खरसाङको हिल फूटबल एकाडमीलाई २-०-ले पराजित गऱ्यो। यसरी नै दोस्रो म्याचमा युनाइटेड फ्रेण्ड्स डीजीसी-ले भेटरन्स फूटबल एकाडमी (ब्ल्यू)-लाई पेनल्टी शूटआउटमा ५-४-ले पराजित गऱ्यो। नियमित समयको खेलमा स्कोर १-१-को बराबरीमा रहेको थियो। यस टुर्नामेण्टमा सम्पूर्ण उत्तर बंगालबाट 16 वटा नामी-दामी टीमहरूले हिस्सा लिएका छन्। दुईवटा सेमिफाइनल म्याच १७ जूनमा हुनेछ। फाइनल म्याच १९ जूनमा खेलिनेछ।