सोनादा: लोअर सोनादाको कोठिधुरामा भेटाइयो विशाल किङ कोबरा सर्प। यो कोबरा बिगत केही दिनयता स्थानीय कोठीधुराको वरपर घुमिरहेको मानिसहरुले देखेको बताएका छन्। आज अचानक मानिसहरुले त्यस कोबरालाई एउटा रुखको टुप्पोमा देख्दा खलबली मच्चियो। खबर फैलिएपछि हेर्ने मानिसहरुको घुइँचो लाग्यो।
https://youtube.com/shorts/Q7icBblpdoU?feature=share
घटनाको जानकारी वन विभागलाई दिईसकेको स्थानीय मानिसहरको भनाई छ। स्मरण रहोस कि बिगत केही दिन अघि मात्र सिडर्स चियाबगानमा पनि यस्तै प्रकारको किंग कोबरा सर्प भेटिएको थियो।