खरसाङ बजारमा निर्माण गरिएको घण्टा घर र फूल बघैंचाको उदघाटन जीटीए चिफ् अनित थापाले गर्ने

IMG-20230411-WA0200.jpg

खरसाङ: खरसाङ शहरलाई सुन्दर, सुरक्षित तथा यहाँको जनसाधारण लगायत पर्यटकहरूलाई राम्रो व्यवस्थित बस्ने सेड घरकाे जीटीएद्वारा बागवानी विभाग तथा विद्युत् विभागका भारप्राप्त सभासद प्रणाम रसाइलीकाे पहलमा खरसाङ विद्युत विभाग, खरसाङ अभियान्त्रिकी विभाग साथै बागवानी विभागद्वारा खरसाङ मोटर स्ट्याण्डमा निर्माण गरिएकाे भव्य घण्टाघर, फूल बगान, जनसाधारण तथा खरसाङको निम्ति जड़ान गरिएको सीसी क्यामरा लगायत सम्पूर्ण जनसाधारणलाई विश्राम गर्नको निम्ति बनाइएको सेड घरकाे उद्घाटन जीटीएका मुख्य कार्यपाल तथा भारतीय गोर्खा प्रजातान्त्रिक मोर्चा अध्यक्ष अनित थापाकाे बाहुलीबाट आगामी बिहीवार समय बेलुकी ५:३० बजी भव्यरुपमा गरिने भएको जानकारी सभासद प्रणाम रसाईली तथा भागोप्रमो खरसाङ टाउन कमिटी सह सचिव बीरबल पाख्रीन अनि नारी शक्तिका मूल सचिव दिपा छेत्रीले दिएका छन्।

उनीहरूले समहरोहलाई सफल बनाउन सबैलाई उपस्थित भईदिने अपिल गरेका छन्। आजको यस भेलामा भागोप्रको खरसाङ टाउन कमिटी लगायत नारी शक्तिका प्रतिनिधिहरू उपस्थित थिए।

About Author

[DISPLAY_ULTIMATE_SOCIAL_ICONS]

Advertisement